Upgrading Minecraft For $10,000



Minecraft Viki (video wiki) ➜ https://minecraft.viki.gg

Upgrading all of Minecraft for $10,000! Pushing the game to its absolute insane limit.

HELP ME HIT 2.0 MILLION SUBSCRIBERS BEFORE THE END OF THIS YEAR!

My Twitter: https://twitter.com/Sipover

My Instagram: https://www.instagram.com/sipovers/

My Twitch: SipoverS

New Discord: https://discord.gg/XZXSBdHzJ5

My Reddit: r/Sipover

Thanks for watching 🙂

source

40 thoughts on “Upgrading Minecraft For $10,000”

  1. १. तलका प्रश्नको उत्तर लेख्नुहोस् ।

    (घ) दमिनासँग छुटेपछि आमाको स्वरूपमा आएका परिवर्तनहरूको बारेमा वर्णन गर्नुहोस् ।

    – दमिनासँग छुटेपछि आमाको स्वरूप पहिलेभन्दा फरक भयो । उहाँको अनुहारबाट स्नेहको सूर्य अस्ताएर कठोरताको मुखाकृतिले ठाउँ लियो । उहाँले छोरो आफूसँगै भएजस्तो नै गर्नुभएन । केही पछि आमाको हात समाउँदा उल्टै गाली गर्नुभयो । आमाको स्वरूपमा आएको यो परिवर्तन उसको लागि अनौठो थियो ।

    (ङ) लेखककी आमाले लेखकलाई के विषयमा सम्झाउनुभयो ?

    – लेखककी आमाले लेखकलाई ज्ञानी बन्नुपर्ने, मानिसहरूलाई अपमान होइन सम्मान गर्ने, सबै मानिसहरूलाई समान भावले हेर्ने विषयमा सम्झाउनुभयो ।

    (च) “मेरी आमा : मेरी गुरुआमा” संस्मरणले दिने सन्देश के हो ?

    – “मेरी आमा : मेरी गुरुआमा” संस्मरणले मानिसहरूको प्रथम पाठशाला घर हो र आमा-बुबा घरका शिक्षक हुन् भन्ने सन्देशका साथै मानिसहरूले आफ्नो जीवनकालमा अरूलाई सम्मान गर्ने, सबैलाई समान भावले हेर्ने जस्ता विषयमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको छ ।

    २. व्याख्या गर्नुहोस् ।

    (क) महान् आमाहरू बालकले भन्दा बढी त्यो पीडा अनुभव गर्छन् ।

    – प्रस्तुत हरफ कक्षा छको सुनगाभा नेपाली शृङ्खला पुस्तकमा भएको मेरी आमा:मेरी गुरुआमा शीर्षकको संस्मरणबाट लिइएको हो । संस्मरणमा मानिसले आफ्नो जीवनकालमा मानिसहरूलाई अपमान गर्नुहुँदैन, सबैलाई समान भावले हेर्नुपर्छ भन्ने तथ्य उल्लेख गरिएको छ । यो वाक्य संस्मरणको लेखकले आफ्नो आमाको बारेमा वर्णन गर्ने क्रममा लेखिएको वाक्य हो ।

    साँच्चै आमा महान् हुन्छिन् । आमाको लागि सन्तानको पीडा असह्य हुन्छ । सन्तानको पीडामा आमालाई सन्तानलाई भन्दा बढी जलन हुन्छ, पीडा हुन्छ । यस्ती महान् आमा आफू जस्तोसुकै परिस्थितिमा भएपनि सन्तानको सुखको कामना गर्छिन् र सन्तानको पीडाको बारेमा सोच्न पनि सक्दिनन् ।

    यसरी उक्त वाक्यको माध्यमबाट लेखकले आमाको महिमा वर्णन गरेका छन् ।

    (ख) ज्ञानीका लागि सबै समान छन् बाबु ।

    – प्रस्तुत हरफ कक्षा छको सुनगाभा नेपाली शृङ्खला पुस्तकमा भएको मेरी आमा:मेरी गुरुआमा शीर्षकको संस्मरणबाट लिइएको हो । संस्मरणमा मानिसले आफ्नो जीवनकालमा मानिसहरूलाई अपमान गर्नुहुँदैन, सबैलाई समान भावले हेर्नुपर्छ भन्ने तथ्य उल्लेख गरिएको छ । यो वाक्य संस्मरणको लेखकले आफ्नो आमाको बारेमा वर्णन गर्ने क्रममा लेखिएको वाक्य हो ।

    यस वाक्यमा लेखकले आफ्नी आमाले भन्नुभएको वाक्य स्मरण गर्ने क्रममा भन्न खोजेका छन् कि ज्ञानी व्यक्तिले कसैलाई पनि सानो-ठुलो, धनी-गरिब, बलियो-निर्धो भनेर भेदभाव गर्दैनन्, सबैलाई समान व्यवहार गर्छन् । यो तथ्य लेखकले आफ्नी आमाको वाणीको माध्यमबाट प्रस्तुत गरेर आमाको महिमाको वर्णन गरेका छन् ।

    यसरी उक्त वाक्यको माध्यमबाट लेखकले मानिसहरूमा भएको समानताको बारेमा उल्लेख गर्दै भेद-भाव रहित समाजको परिकल्पना गरेका छन् ।

    Reply

Leave a Comment